मिडियाबाजी डटकम काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको भाउ ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको थियो ।