मिडियाबाजी डटकम काठमाडौं,श्रावण २२। काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट अभियान थालेको छ ।
काठमाडौंमा २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आजबाट यो अभियान सुरु गरिएको छ ।नपाइने निर्णय गरिए पनि प्रभावकारी पालना नभएकाले त्यसलाई कार्यान्वयन गर्ने अभियान सुरु गरिएको हो ।
सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ । अनावश्यकरुपमा हर्न बजाएमा सवारी ऐन २०४९ अनुसार ५०० रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।