मिडियाबाजी डटकम काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।