मिडियाबाजी डटकम काठमाडौं ,कार्तिक २० ।हिजो शनिबार राजधानीमा नेपाल सांस्कृतिक कला विकास समूह नेपालद्धारा नेपाल पर्यटन बोर्डमा आयोजित विविध साँस्कृतिक तथा सम्मान समारोह २०७९ सँगै ‘शान्तीको डायरी’ थ्रीडी पुस्तक विमोचित कार्यक्रम भव्यकताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमा विभिन्न कलाकारहरूले विभिन्न विधामा संस्कृति झल्कने नाचगान प्रदर्शन गरेका थिए भने समाजका स्रष्टाहरूलाई विशेष सम्मानद्धारा विभूषित पनि गरिएको थियो ।बरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री सुश्री भद्र कुमारी घलेको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रमा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागीतामा रहेको थियो भने कार्यक्रमको सभापतित्व यसै संस्थाका अध्यक्ष दिल बहादुर कटुवालले गर्नुभएको थियो ।कला संस्कृति, राष्ट्रको सम्पत्ति मूल नाराका साथ अगाडी बढिरहेको यस संस्थाले समयसापेक्ष यस्ता विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको छ।
यो संस्थाले समाजमा पिछडिएका वर्गहरूको कला, संस्कृतिको जर्गेना गर्नमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ । कार्यक्रममा एउटा खुट्टाले नाचेर चर्चामा आएकी रोमा न्यौपाने तथा एक खुट्टा गुमाएका चर्चित गायक कृष्ण क्षेत्रीलाई आयुर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठले दश हजारको दरले आर्थिक सहयोग पनि गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान पत्र तथा खादाले सम्मान गरिएको थियो भने नृत्य, गायन प्रस्तुत गर्ने कलाकारहरूलाई प्रसंसा पत्र वितरण गरिएको थियो।