मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

  भदौ २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ लगातार तेस्रो दिन बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । 

आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः तोलामा ६०० र १०० रुपैयाँले बढेको थियो । यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय १५ रुपैयाँ रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर