धनगढीका मेयरले आफू चढ्ने गाडी विशेष स्वास्थ्य सुविधाको लागि समुदायलाई दिए

  असार २२, २०७९

मिडियाबजी डटकम काठमाडौं,आषाढ २२। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले चढ्ने सरकारी गाडी समुदायको लागि हस्तान्तरण गरेका छन् । उनी चढ्ने सुदूरपश्चिम प्रदेश -०१ ००१ झ ०४७१ नम्बरको स्कार्पियो गाडी नगरपालिकाको लागि विशेष स्वास्थ्य सुविधाको लागि प्रयोगमा ल्याएक छन् । धनगढी उपमहानगरपालिकाका स्थानीयलाई वडामै गएर विशेषज्ञ सेवासहितको स्वास्थ्य उपचारको व्यवस्था गर्न नगर प्रमुखले चढ्ने गाडी विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग हुने भएको छ।

आज एक समारोहमा श्री १००८ स्वामी देवराज आचार्यज्यूद्वारा उक्त गाडी स्वास्थ्य शाखा प्रमुख श्री कृष्णबहादुर बोहराज्यूलाई हस्तान्तरण गरिएको छ। धनगढी उपमहानगरपालिकाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्न भाटभटेनी सुपरमार्केटका सञ्चालक श्री मीनबहादुर गुरुङज्यूले ५ वर्षसम्म दुई जना विशेषज्ञ डाक्टरको तलब र भत्ता प्रदान गर्ने सम्झौता भएको छ। यसैगरी सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपकरण सहयोग गरेको छ।यही श्रावण १ गतेबाट धनगढी उपमहानगरपालिकाको हरेक वडामा तालिका अनुसार विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन हुने कुरा उनको फेसबुकबाट सार्वजनिक भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर