मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ सोमबार प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ११ सय १५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ११ सय १० रुपैयाँ रहेको थियो ।