मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको छ ।