२२ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेको विज्ञप्ति निकालेका छन् ।
स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरु लगाउँदै चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको हो । केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ । यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधबार बसेको बास्तोला र ओली पक्षका नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाहीको निर्णय गरेको थियो । हेर्नुहोस् विप्लवको विज्ञप्तिः-
