मिडियाबाजी डटकम काठमाण्डौं । ६ टोलीको सहभागिता रहेको एसिया कप टी-२० प्रतियोगिताको समूह चरणपछि उत्कृष्ट चार टोली सुपर-४ पुगेका छन्।
युएईमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट भारत र पाकिस्तान र समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर-४ मा पुगेका हुन्। हङकङ र बंगलादेश भने बाहिरिएका छन्।
सुपर-४ मा अफगानिस्तान र श्रीलंकाबीच शनिबार पहिलो खेल भइसकेको छ। जसमा श्रीलंकाले जित निकालेको छ।सेमिफाइनल चरणको सट्टा दुई समूहका शीर्ष दुई टोलीहरू सुपर-४ मा रोबिन चरणमा एक अर्का खेल्नेछन्।हङकङको चुनौतीलाई पन्छाउनुअघि भारतले पाकिस्तानलाई पराजित गर्दै समूहमा शीर्ष स्थान सुरक्षित गर्दै अर्को चरणमा स्थान बनाएको हो।
शुक्रबार हङकङलाई १ सय ५५ रनले पराजित गरेपछि पाकिस्तान पनि दोस्रो स्थानमा रहँदै सुपर-४ मा पुग्यो।समूह ‘बी’ मा अफगानिस्तानले श्रीलंका र बंगलादेश क्रमश: आठ र सात विकेटले पराजित गर्दै सुपर-४ मा स्थान बनाएको थियो। श्रीलंकाले बंगलादेशलाई पछ्याएको सुपर-४ मा स्थान बनायो। सुपर-४ मा श्रीलंका-अफगानिस्तान सेप्टेम्बर ३ मा शारजाहमा खेलिसकेका छन्।
जसमा श्रीलंकाले जित निकाल्यो। आज भारत र पाकिस्तानबीच दुबईमा प्रतिस्पर्धा हुनेछ। यस्तै मंगलबार भारत र श्रीलंका भिड्नेछन्।बुधबार अफगानिस्तान र पाकिस्तान, बिहीबार अफगानिस्तान र भारत तथा सुपर-४ को अन्तिम खेलमा श्रीलंका र पाकिस्तान शुक्रबार भिड्नेछन्।भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानबीचको सुपर-४ भिडन्तमा शीर्ष दुई स्थानमा रहने टिम आगामी आइतबार उपाधिका लागि भिड्नेछन्।