आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढ्यो

  भदौ १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ आइतबार प्रतितोला ६०० रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ कायम थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ११ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ११ सय ५ रुपैयाँ रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर