मिडियाबाजी डटकम काठमाडौं, भाद्र १९। चलचित्र‘प्रकाश’लाई राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन् ।जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए ।
फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंगपनि जोडिएको छ ।विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए ।
स्वयम् पनि माओवादी आन्दोलनमा होमिएका नेता पौडेलले फिल्ममा जुन स्थानको कथा देखाइएको हो त्यहीँका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए । ‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो’ उनले भनेका छन्।