मिडियाबाजी डटकम काठमाडौं । साहित्यकार यात्रीप्रकाश पाण्डेको तेस्रो कृति सइन उपन्यासमाथि आज विशेष अन्तर्क्रियात्मक कार्यक्रम सुसम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित लेपाल प्रज्ञाप्रतिष्ठानमा आज भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन तथा उद्घोषण कवि तथा निर्देशक हेम प्रभासले गर्नुभएको थियो। सइनमाथि साहित्यकार नयनराज पाण्डे र नीलम कार्की निहारिकाले विशेष वक्ताको रुपमा बोल्नुभएको थियो । २०७६ सालमा प्रकाशित सइनको कोरोनाको कारण सार्वजनिकिकरण तथा विमोचन हुन सकेको थिएन ।

नेपालमा भएको जनयुद्ध तथा जनयुद्धमा होमिएका सैनिकहरूको तथा छापामारहरूको स्थिति र उनीहरू बीचको प्रेम,सामाजिक अवस्था आदिको बिषयमा लेखिएको सइन यात्रीको आख्यानमा पहिलो कृति हो । यसअघि उनको दुई गजलकृतिहरू प्रकाशित भईसकेका छन्। साङ्ग्रीला बुक्सले प्रकाशित गरेको यो कृति बजारमा पहिलो संस्करण बिक्री भईसकेको कारण दोस्रो संस्करण प्रकाशित गर्ने तयारीमा लेखक रहेका छन्। पाठकहरूको धेरे राम्रो प्रतिक्रिया र उल्लेख्य मागको कारण यस्तो महामारीको बीचमा पनि पहिलो संस्करण बिक्री भईसकेको र दोस्रो संस्करण बजारमा प्रकाशित गर्ने तयारीमा रहेको सइनको लेखक यात्रीले मिडियाबाजी डटकमलाई जानकारी दिनुभएको छ।