एकदिवसीय खेलमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दियो

  भदौ १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं भाद्र १८। दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई दुई सय ३१ रनकाे लक्ष्य दिएकाे छ । नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे । 

नेपालका लागि कप्तान राेहित पाैडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगाेचे र विराज पटेलले दुई/दुई विकेट लिए ।तीन खेलकाे शृङ्खलामा नेपाल एक–शून्यले अघि छ । हिजाे शुक्रवार भएकाे पहिलाे खेलमा नेपालले केन्यालाई सात विकेटले हराएकाे थियाे । 

तपाईंको प्रतिक्रिया

थप खबर