मिडियाबाजी डटकम काठमाडौं,श्रावण १८। सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ। बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।
भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ।चुनावमा कसरी जाने भनेर छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बोलाइएको एक नेताले मिडियाबाजी डटकमलाई बताए।