थाक्रे पर्यटनको विशेष गन्तव्य बन्दै झण्डाचुली

  जेठ २०, २०७९

निर्मल पुरी ‘भोगी

मिडियाबाजी डटकम काठमाडौं । धादिङ जिल्लाको थाक्रे वडा नं ३ मा अवस्थित झण्डाचुली तथा भुमेचुली थाक्रे गाउँपालिकाको पर्यटकीय क्षेत्रको विषेश आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका , धादिङ जिल्लाको गल्छी र थाक्रे गाउँपालिकाको सिमानामा अवस्थित झण्डाचुलीमा पृथ्वी राजमार्गको महादेवबेसी बजारबाट करिब १ घण्टा ३० मिनेट मोटरबाटो र करिब २० मिनेट पैदल यात्रापछि पुगिन्छ । प्रत्येक बर्ष नयाँ बर्षको दिन आन्तरिक र स्थानीय पपर्यटकहरूको व्यापक भिड लाग्ने झण्डा चुलीमा अरु समयमा पनि पर्यटकहरूको आवतजावत बढ्न थालेको स्थानीयहरूको भनाई रहेको पाईन्छ । झण्डाचुली वरिपरि विभिन्न किसिमका लालिगुराँस, जडिबुटीहरू तथा वन्यजन्तुहरू पाइन्छन् ।
समुन्द्री सतहबाट करिब २१ सय मिटरमा अवस्थित झण्डाचुलीबाट प्राकृतिक मनोरम दृश्यहरू हेर्नको लागि धेरै मानिसहरू लालायित हुन्छन् ।

स्थानीयहरूका अनुसार यो झण्डाचुली क्षेत्रमा प्रचारप्रसारको कमी तथा पर्यटनसँग सम्वन्धित निकायले ध्यान नदिएको कारण पर्यटकहरूको पहुँचसम्म नपुगेको गुनासो गरेका छन् ।
थाक्रे वडा नं ३ मा रहेका अन्य ऐतिहासिक स्थलहरु भालुको गुँड,घैरउँदेवी मन्दिर (डाँडागाउँ),बुर्चे भैरव (मल्डुङ), सिद्धेश्वर महादेवक ( खर्कभञ्ज्याङ), क्षेत छाँगा , आदिमा पनि प्रत्येक वर्ष विभिन्न मेला तथा जात्रा उत्सवहरू हुँदै आएको पाईन्छ ।

उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सकेको खण्डमा थाक्रेको पहिचानको रुपमा झण्डाचुलीले बिशेष भूमिका खेल्न सक्ने बिषयमा दुइमत छैन साथै यो आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरूको लागि घुमघाम र पदयात्राको लागि खास गन्तव्य बन्न सफल रहने कुरामा दुईमत छैन । प्रत्येक नयाँ बर्षको दिन यो चुलीमा पर्यटकहरूको व्यापक भिड हुन्छ सोही दिन यहाँको झण्डापनि फेरिने गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर