भारतीय समकक्षी नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल आउँदै

  बैशाख २०, २०७९

२० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’मोदी बुद्ध पूणिर्माको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना रहेको हिन्दुको समाचारबाट थाहा हुन्छ । भारतीय प्रधानमन्त्री मोदी अहिले युरोपको भ्रमणमा छन् । नेपाल भ्रमणपछि उनी जापानको भ्रमणमा जाने कार्यतालिका छ ।

तपाईंको प्रतिक्रिया

थप खबर