चुनावका लागि एक हप्ता बिदा दिने त्रिभुवन विश्वविद्यालयको तयारी

  कार्तिक १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १६। त्रिभुवन विश्वविद्यालयले चुनावको समयका लागि एक हप्ता बिदा दिने तयारी गरेको छ ।

जाडोको बिदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको शिक्षाध्यक्ष शिवलाल भूसालले जानकारी दिए ।चुनावका बेला विद्यार्थीहरू पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरूमा मतदान केन्द्रहरू परेको भएकोले एक हप्ता बिदा दिने तयारी रहेको भूसाल बताउँछन् ।विद्यार्थीहरूले जाडो बिदा चुनावको समयमा दिन आग्रह गरेपनि प्राध्यापकहरूले चुनावको समयमा लामो विदा दिन नहुने सुझाव दिएपछि जाडो महिनाको विदा नियमित समयमा नै दिने र चुनावमा एक हप्ता विदा दिने तयारी गरिरहेको शिक्षाध्यक्ष भूसालले बताए ।

त्रिविले पुस १५ पछिदेखि जाडो बिदा दिँदै आएको छ ।उनले भने ‘त्यसबेला विद्यार्थी पनि जान आउन परो । क्याम्पसहरूमा पोलिङ सेन्टरहरू परेकोले एक हप्ता विदा दिने तयारी हो ।’ उनको भनाई अनुसार विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ ।उनले भने ‘त्यसबेला विद्यार्थी पनि जान आउन परो । क्याम्पसहरूमा पोलिङ सेन्टरहरू परेकोले एक हप्ता बिदा दिने तयारी हो ।’ उनको भनाई अनुसार विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर