सुनको भाउ बुधबार तोलामा ५०० रुपैयाँले बढ्यो

  कार्तिक १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ बुधबार तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर २१ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार भने चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर