बार्सिलोनाको ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌भिक्टोरियामाथि रोमाञ्चक जित

  कार्तिक १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १६।च्याम्पियन्स लिगमा बार्सिलोनाले भिक्टोरिया प्लेजेनमाथि ४-२ को रोमाञ्चक जित हासिल गरेको छ ।

प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको बार्साका लागि मार्कोस अलोन्सोले खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए ।पहिलो हाफको अन्त्यतिर जोर्डी अल्बाको पासमा फेरान टोरेसले टोलीको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफको सुरुवातमा नै टोमस चोर्यीले पेनाल्टीबाट भिक्टोरियाका लागि गोल फर्काए । तीन मिनेटपछि नै टोरेसले गोल गर्दै बार्सालाई पुनः दुई गोलको अग्रता दिलाए । समूहको सी कै अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २–० गोलले हरायो ।

बायर्नको जीतमा बेन्जामिन पाभार्ड र एरिक म्याक्सिम चुपो मोटिङले एक–एक गोल गरे । समूहमा बायर्न १८ अङ्कसहित शीर्ष स्थानमा रह्यो भने इन्टर १० अङ्कसहित दोस्रो बन्यो । तेस्रो बनेको बार्साले अब युरोपा लिग खेल्नेछ ।६३ औँ मिनेटमा चोर्यीले दोस्रो गोल गर्दै भिक्टोरियालाई खेलमा फर्काउने प्रयास गरे । तर ७५ औँ मिनेटमा पाब्लो टोरेले गोल गर्दै बार्साको जीत सुनिश्चित गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर