मिडियाबाजी डटकम काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय रुपैयाँ कायम रहेको थियो ।