मिडियाबाजी डटकम काठमाडौं ,श्रावण १७।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख पचास हजार लिएर रुपैयाँ भेटिएको हो ।‘उहाँलाई रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उहाँको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको छ’ अख्तियारका प्रवक्ता श्यामप्रसा भण्डारीले भने ‘त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उहाँले खुलाउन सक्नुभएको छैन । हामीले बुझेअनुसार हामीलाई उजुरी गर्ने टोलीभन्दा पहिले अरु कसैसँग त्यो रकम लिएर हिँडेको हाम्रो आशंका हो ।’अख्तियारको टोलीले अहिले रकमको मुचुल्का बनाउनेदेखि अरु कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो । नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।