पर्यटन मन्त्रालयका उपसचिव छ लाख घुससहित रंगेहात पक्राउ

  श्रावण १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण १७‌। पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले पक्राउ गरेको छ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर