- निर्मल पुरी ‘भोगी’
मिडियाबाजी डटकम काठमाडौं,आषाढ १८। बजारमा ईन्दिरा भट्टराईको आवाजमा रहेको साँगितिक प्रस्तुती ‘ ‘सिंहदरबार झ्यालैमा ऐेना’ नामको गित सार्वजनिक भएको छ। प्रियसी म्युजिकको प्रस्तुति रहेको उक्त मौलिक गितमा गायक तथा सङ्गीतकार कृष्ण काफ्लेको रहेको छ। भट्टराईको स्वर ऐनामा मोहन थापाको शब्दमा कोरिएको सिंह दरबार झ्यालैमा ऐना बोलको यो गितमा चर्चित अभिनेता आकाश श्रेष्ठ चर्चित मोडल उषा उप्रेतीको अभिनय रहेको छ।
गितमा चर्चित म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठको निर्देशन र चर्चित म्युजिक भिडियो तथा फिल्म नृत्य निर्देशक देबेन्द्र पान्डेको कोरिग्राफर रहेको छ । करण चैसिरको छायांकनमा रहेको छ भने मिन रावलको सम्पादन रहेको छ। नरेन्द्र वियोगीले गितको एरेन्ज गरेका छन्। मिक्स तथा मास्टरिङ् श्याम श्वेत रसाइलीले गरेका छन् भने गित प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। प्रियसी म्युजिकको युटुब च्यानलबाट सार्वजनिक गरिएको यो गित हामीले यो समाचार बनाउँदासम्ममा करिब ४ हजार भन्दा बढी पटक हेरिएको छ।