लुटपाट गरी हत्या गरेर फरार अभियुक्त पक्राउ

  बैशाख १९, २०७९

१९ वैशाख, काठमाडौं। प्रहरीले लुटपाट पश्‍चात हत्‍या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-१ डकाहाका २६ वर्षीय प्रकाश तिमिल्सिना रहेका छन् ।

उनले ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजिक सडक किनारबाट लुटपाट गरी फरार भएको प्रहरीको दाबी छ । फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखाको चुमनुब्री गाउँपालिका-३ जगतबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर