बाजुरा हत्याकाण्डमा वडा अध्यक्ष पक्राउ

  मङि्सर १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १५। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्याकाण्डको आरोपमा त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय बाजुराम प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको पुष्टि गरे । उनीसँगै अन्य दुई जनालाई पनि पक्राउ गरिएको भन्दै डीएसपी थापाले उनीहरूको नाम खुलाउन भने मानेनन् ।मतदान सकेर घर फर्किएका अयडीमाथि राति घरमै आक्रमण गरेर कुटपिट गरिएको थियो । मतदानकै क्रममा भएको विवादलाई लिएर प्रहरीले गोली चलाउँदा कांग्रेस कार्यकर्ता सञ्जित अयडीको मृत्यु भएको थियो । विवादपछि मतदान स्थगित भएको उक्त केन्द्रमा पुनः मतदान भएको थियो ।

अनेरास्वियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका अयडीको मंसिर ४ गते त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएको एमालेको आरोप रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर