मिडियाबाजी डटकम काठमाडौं, कार्तिक १५। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच मंगलबार सैनिक मुख्यालयको जंगी अड्डामा भेटवार्ता भएको हो ।भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । यस किसिमका भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने कुरामा विश्वास सेनाले लिएको छ ।