सर्वोच्चले तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न आयोगलाई अन्तरिम आदेश

  कार्तिक १५, २०७९

मिडियाबाजी डटकम काठमाण्डाै । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले आज मङ्गलवार कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।  

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै निर्वाचन आयोगले गएको शनिवार उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्कीले हिजो साेमवार सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर