राप्रपा नेपालले भाद्र ३० देखि मेची-महाकाली स्वभिमान यात्रा सुरु गर्ने

  भदौ १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र १६। राप्रपा नेपालले मंसिर ४ गते हुने चुनावलाई लक्षित गर्दै विभिन्न निर्णय गरेको छ । बिहीबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले निर्वाचन पूर्वतयारीका सन्दर्भमा आवश्यक निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

आजको बैठकमा महामन्त्री सुशीलकुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालनसम्बन्धी कार्य प्रगति विवरण प्रस्तुत भएको थियो ।यात्राको सुरुवात काँकडभिट्टाबाट भाद्र ३० गतेदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु भएर महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन गर्ने निर्णय भएको छ । यस्तै बैठकले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष दिलनाथ गिरीलाई दिने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर