एक बर्षमा झण्डै २५ प्रतिशतले मार्जिन कर्जा घट्यो

  भदौ १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र १६। नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् । एक वर्षमा नै मार्जिन प्रकृतिको सेयर धितो कर्जा २४.२५ प्रतिशत अर्थात् २५ अर्ब ७७ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

२०७७ आषाढमा ५० अर्ब ४१ करोड रहेको यस्तो कर्जा आर्थिक वर्ष २०७७/७८ मा शतप्रतिशत भन्दा बढीले वृद्धि भएको थियो । कोभिडसँगै बैंकिङ प्रणालीमा भएको अधिक तरलताले लगानीको अन्य विकल्प नभएर सेयरमा लगानी बढाएका बैंकहरुले राष्ट्र बैंकको कडाइसँगै त्यसलाई घटाउँदै लगेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्तमा १ खर्ब ६ अर्ब २८ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७८/७९ को अन्तिममा आउँदा ८० अर्ब ५० करोड ८० लाखमा झरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर