महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी

  श्रावण १६, २०७९

मिडियाबाजी डटकम जनकपुरधाम । महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी भएको छ ।केहीबेर अघि सुरु भएको आगलागीका कारण आसपासमा भागाभाग भएको छ ।

प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणकाे प्रयास गरिरहे पनि अहिलेसम्म बारुण यन्त्र पुग्न सकेको छैन ।जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन् । आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ ।

आगलगीको कारण खुल्न सकेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर