मेयर बालेन्द्र शाहको निर्णय कार्यान्वयनको सुरुवात

  जेठ १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहको निर्णयको सहयोगार्थको लागि रेष्टुरेन्ट व्यवसायीले आफ्नो शौचालय शार्वजानिक रुपमा प्रयोगमा दिन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाको निर्णय र नवनियुक्त मेयर बालेन्द्र साहको योजनामा साथ दिन आरडीएक्स ट्याटू एन्ड बारले पब्लिक ट्वाइलेटको सुविधा उपलब्ध गराउन थालेको हो ।

काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले काठमाडौंका होटल तथा रेस्टुरेन्टहरूको शौचालय सार्वजनिक रूपमा प्रयोग गराउने निर्णय गरेको थियो ।सोही निर्णयलाई साथ दिँदै आरडीएक्स ट्याटू एन्ड बारले सर्वसाधारणलाई आफ्नो रेस्टुरेन्टको शौचालयमा प्रवेश दिने भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर