६ वटा संसदीय समितिको बैठक बस्दै, कार्यसूचीमा के छ ?

  फागुन ०२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , फागुण २ । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आजै बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

तपाईंको प्रतिक्रिया

थप खबर