५० प्रभावशाली नेपाली महिलाको सूची सार्वजनिक

  फागुन २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २१ ।  भोलि बिहीबार २०८१ सालका ५० प्रभावशाली नेपाली महिलाको सूची सार्वजनिक गर्दैछ ।
अन्तर्राष्ट्रिय महिला दिवस ९८ मार्च० को पूर्वसन्ध्यामा ५० प्रभावशाली महिलाको विशेष सामग्रीको दोस्रो संस्करण सार्वजनिक गर्ने तयारी गरेको हो ।

बिहीबार राजधानीमा आयोजना हुने एक समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सूची सार्वजनिक गर्नुका साथै छनोटमा परेकाहरूलाई सम्मान गर्नेछिन् ।
यसपटकको निर्णायक समिति संयोजकमा पूर्वन्यायाधीश मीरा खड्का र सदस्यहरूमा स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्र, उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले रहेका छन् ।
२०८० सालदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर