‘२०८४ सम्म जनताकै घरदैलोमा बस्छु, प्रधानमन्त्री बन्दिनँ’ : अध्यक्ष दाहाल

  चैत ०७, २०८१

  मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ८ ।   प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री हुने खेलमा नलागेको बताएका छन् । उनले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको पनि आरोप लगाएका छन् । यद्यपि, यसै कार्यकालमा आफू पुनः प्रधानमन्त्री नबन्ने पनि उनले बताए ।

आज वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै यो सरकारको काम हो ।

तपाईंको प्रतिक्रिया

थप खबर