मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कानून र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताएका हुन् ।
उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौं, तल्लो तहका साथीहरूले त्यसलाई सहयोग गर्नुपर्यो ।’ विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि २-३ महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए ।