१ लाख ७० हजार घुससहित सब-इन्जिनियर पक्राउ

  असार २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,आषाढ २२। सहरी विकास तथा भवन कार्यालय पर्साका सबइन्जिनियर रुपेशकुमार दुबेलाई प्रहरीले घुस रकमसहित पक्राउ गरेको छ। सब-इन्जिनियर दुबेलाई १ लाख ७० हजार घुस रकमसहित प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सबइन्जिनियर दुबेलाई सहरी विकास तथा भवन कार्यालयबाट घुस रकमसहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जनकारी दिए।

उनका अनुसार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ मा सबडिभिजन वन कार्यालय बसन्तपुर र सब डिभिजन वन कार्यालय मानवामा वन कर्मचारीका लागि स्टाफ क्वाटर भवन निर्माण भएको छ। दुई ठाउँमा १०/१० लाख गरी बीस लाखमा निर्माण भएको स्टाफ क्वाटर भवनको अन्तिम भुक्तानी गर्न सब-इन्जिनियर दुबेले सेवाग्राहीसँग १० प्रतिशत रकम कमिसन मागेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर