१६ हजार २सय ४७ रुपैयाँले बढ्यो प्रतिव्यक्ति आय

  बैशाख १५, २०७९

काठमाण्डाैं, एक वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय १६ हजार रुपैयाँले बढेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ सय ३३ डलरले बढेको छ ।अमेरिकी डलरको आजको भाउ एक सय २२ रुपैयाँ १६ पैसाले हिसाब गर्दा एक वर्षमा नेपालीको आय १६ हजार २ सय ४७ रुपैयाँले बढेको देखिएको छ । गएको आर्थिक वर्षमा प्रतिव्यक्ति आय १२ सय ३९ अमेरिकी डलर रहेकोमा अहिले १३ सय ७२ अमेरिकी डलर पुगेको हो |

तपाईंको प्रतिक्रिया

थप खबर