हिजोबाट बढेको पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू, अब पेट्रोल, डिजेल र ग्यास कति पर्छ ?

  माघ १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

यस्तै निगमले हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर डलर ४३ बढाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको १६० रुपैयाँ पुगेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर