हिजोदेखि पेट दुखेपछि विन्दमान विष्ट आईसीयूमा भर्ना

  असार २७, २०७९

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी परेका छन् । हिजोदेखि पेट दुखेपछि विष्ट वीरेन्द्नगरस्थित कर्णाली केयरमा भर्ना भएका थिए । रगतमा बोसोको मात्रा धेरै देखिएपछि थप उपचारका लागि उनलाई बुद्ध एअरको जहाजबाट काठमाडौं लगिएको हो ।

उपचारमा संलग्न डाक्टर उज्वल अर्यालका अनुसार रगतमा बोसोको मात्रा अत्यधिक देखिनुका साथै श्वासप्रस्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाडौं पठाइएको हो ।

प्रमुख स्वकीय सचिव गोविन्द तिमिल्सेनाका अनुसार मन्त्री विष्ट हाल काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत् छन । ‘उहाँको पेटमा इन्फेक्सन भएको सीटी स्क्यानबाट देखिएको छ । डाक्टरले आईसीयूमा भर्ना गर्नुपर्ने बताएका छन् ।’

कर्णाली प्रदेशसभामा आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ ।

तपाईंको प्रतिक्रिया

थप खबर