हाजिर जमानीमा छुटे कैलाश सिरोहिया

  जेठ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १७ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताए ।

रातोपाटीसँग उनले भने,‘हाम्रो सिफारिसमा सरकारी वकिल कार्यालयले उहाँलाई बोलाएको बेला उपस्थित हुनेगरी छाड्न अनुमति दिएको छ ।’
निर्णयको पत्र काठमाडौँमा पठाइएको छ । छोरा सम्भव सिरोहियाले उनको जमानत लिएका छन् । फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा १ अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था छ ।

तपाईंको प्रतिक्रिया

थप खबर