मिडियाबाजी डटकम काठमाडाैं ,भाद्र ३०। काठमाडौं महानगरपालिकाले हराईरहेकाे टुकुचा खाेला भेट्टाएकाे छ । महानगरले टुकुचा खाेज्न दरबारमार्गको जय नेपाल हलकाे कम्पाउन्ड खनेकाेमा कम्पाउन्डभित्रै टुकुचा फेला परेकाे हाे ।
महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा वर्षाैंदेखि गायब थियो ।यसअघि महानगरले ३५ दिने सूचना दिँदै यस क्षेत्रकाे अवैध अतिक्रमण हटाउन निर्देशन दिएकाे थियाे ।