स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार : तत्कालीन निर्देशक मिश्रसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १५।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र र सेभेन हिल्स प्रालिका सञ्चालक अनिल शाहसहित आठजना र सेभेन हिल्स प्रालिउपर गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

अख्तियारले मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालिउपर पनि गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो । 

खरिद प्रक्रियामा गुरुयोजना र पूर्व सम्भाव्यता अध्ययन नगरी, लाभ-लागत विश्लेषण र उपयुक्त खरिद विधिको पहिचान नगरी बजेट माग गरिएको पाइएको छ। उपकरण जडान हुने स्थानीय तहको जनसंख्या, बिरामीको चाप र उपकरणको क्षमता विश्लेषण नगरी खरिद प्रक्रिया अघि बढाइएको र खरिद गरिएका उपकरण कुन पालिकामा जडान हुने भन्ने समेत नखुलेको आयोगले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर