सोमबार सुनको भाउ ६०० रुपैयाँले घट्यो

  मङि्सर ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सोमबार सुनको भाउ ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ८० रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर