मिडियाबाजी डटकम काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ८५ रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको भाउ १३ सय ७० रुपैयाँ कायम रहेको थियो । अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ प्रति आउन्स १८०० डलरमा कारोबार भइरहेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ लगातार बढ्दै गएको छ । अन्तरराष्ट्रिय बजार अनुसार नेपालमा सुन–चाँदीको मूल्य निर्धारण हुने गर्दछ ।