मिडियाबाजी डटकम काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ९५ रुपैयाँ कायम रहेको थियो