सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

  असोज ३१, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । 

 यसअघि, आइतबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ कायम रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर