सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

  पुष २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ ।  सेयर बजार सामान्य बढेको छ ।

मंगलबार बजार ६.१६ अंकले वृद्धि भएको हो । उक्त दिन बजार परिसूचक २ हजार ६४६.८४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूह शीर्षकहरु घटको छन् । यी बाहेकका विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन तथा निर्जीवन बीमा लगायतका समूहहरु भने बढेका छन् ।

बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने सुस्ताएको छ । आज ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । मंगलबार सिन्धु विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । आज बैंकको १६ करोड ९२ लाख बढीको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको पनि १४ करोड ५९ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । यता, साहस उर्जाको पनि १४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर