सुस्तमनस्थितिकी किशोरीलाई करणी

  चैत ०६, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ ।  कैलालीमा सुस्त मनस्थितिकी एक किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बुधवार अपराह्नतिर किशोरी बलात्कृत भएको खबर प्राप्त भएपछि अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । पीडित किशोरीको स्वास्थ्य चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर