मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ । सुर्खेतको भेरीगंगा नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको उपचारका क्रममा निधन भएको छ ।
भारतको महाराष्ट्रमा क्यान्सरको उपचार गराइरहेका वडाध्यक्ष आग्रीको आइतबार मध्यराति निधन भएको परिवारले जनाएको छ । उनी विगत एक वर्षदेखि भारतमा उपचाररत थिए ।
उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।